भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनसरीमा ७८३ किलो गाँजासहित दुई पक्राउ

सुनसरीमा ७८३ किलो गाँजासहित दुई पक्राउ

धरान, १८ वैशाख । सशस्त्र प्रहरी बलले सुनसरीको धरान उपमहानगरपालिका–१३ निशाने डाँडा नजिकै कोशी लोकमार्गमा ७८३ किलोग्राम गाँजासहितको ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेटविहीन ट्रकलाई शङ्कास्पद ठानेर जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइएको गाँजा र “ना ७ ख २८१” लेखिएको नम्बर प्लेट फेला परेको थियो।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा ट्रकका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटा जिल्लाको सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षीय आकाश राई छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, पक्राउ परेका दुवै जना, गाँजा र ट्रकलाई आवश्यक कारबाहीका लागि बुधवार राति जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा बुझाइएको छ।

यसअघि बुधवार बिहान सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेश धनकुटाले ४२१ किलो गाँजासहितको कार नियन्त्रणमा लिएको थियो।

 

 


Thali Mobile Pvt.Ltd.