भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

खुलामञ्चदेखि असनसम्म फिल्म र संस्कृति प्रवर्द्धनका कार्यक्रम

खुलामञ्चदेखि असनसम्म फिल्म र संस्कृति प्रवर्द्धनका कार्यक्रम

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाले आजदेखि असार २६ गतेसम्म हरेक शुक्रबार र शनिबार ‘टोल–टोलमा फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ। समुदायमा रहेका रचनात्मक सीप, कला र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको हो।

महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार महोत्सवअन्तर्गत सार्वजनिक स्थल, पार्क, डबली र चोकहरूमा सर्ट फिल्म प्रदर्शन, चलचित्र तथा रचनात्मक उद्योगसम्बन्धी संवाद, साथै विभिन्न सांस्कृतिक र सिर्जनात्मक कार्यक्रम आयोजना गरिनेछ।

महोत्सवको उद्घाटन कार्यक्रम आज खुलामञ्चमा हुनेछ, जसको व्यवस्थापन इकोज इन द भ्यालीले गर्नेछ। भोलिको कार्यक्रम असन क्षेत्रमा आयोजना हुने छ भने यसको व्यवस्थापन नीलः सांस्कृतिक क्लबले गर्ने जिम्मेवारी लिएको छ।

असार महिनाभर सञ्चालन हुने महोत्सवअन्तर्गत बालाजु बाइपास, बागबजार, यट्खा बहाल, लगन टोल, सुनधारा र मैतीदेवीलगायतका विभिन्न स्थानमा पनि कार्यक्रम आयोजना गरिनेछ। ती कार्यक्रमहरूको व्यवस्थापन स्थानीय सांस्कृतिक तथा सामाजिक संस्थाहरूले गर्नेछन्।

महानगरपालिकाले समुदायस्तरमा कला, चलचित्र र सिर्जनशील उद्योगको विकासलाई प्रोत्साहन गर्दै नागरिक सहभागिता बढाउने उद्देश्यले आठ वटा संस्थासँग सहकार्य गरी महोत्सव सञ्चालन गर्न लागेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.