भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

तनहुँको शुक्लागण्डकीमा हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

तनहुँको शुक्लागण्डकीमा हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

काठमाण्डौ, ५ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ ।

वडाका ३९ जना किसानलाई प्रतिहलगोरु ५ हजार रुपैयाँका दरले नगद प्रोत्साहन प्रदान गरिएको हो । शुक्लागण्डकी नगरपालिकाको कृषि विकास शाखामार्फत सञ्चालित कार्यक्रमअनुसार रकम हिजो सम्बन्धित किसानलाई हस्तान्तरण गरिएको वडाले जनाएको छ ।

वडाध्यक्ष इन्द्र गुरुङले किसानलाई प्रोत्साहन रकम वितरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

नगरपालिकाले आउँदा दिनमा पनि किसान लक्षित बीउ बिजन, तालिम, प्रविधि हस्तान्तरण तथा कृषि पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रोत्साहन रकम प्राप्त गरेका किसानहरूले स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.