भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

काठमाण्डौमा गाडी निर्वाध, नवलपरासी र राजमार्गमा यातायात समस्या

काठमाण्डौमा गाडी निर्वाध, नवलपरासी र राजमार्गमा यातायात समस्या

काठमाण्डौ, ९ असार । राजधानी काठमाण्डौमा भित्रिने र बाहिरिने सवारी साधनहरू अहिले निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । ट्राफिक प्रहरीले राति पानी परे पनि सडकमा कुनै समस्या नहुँदा गाडी सहज रूपमा चल्नसक्ने जनाएको छ ।

तर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने र दुम्कीवास क्षेत्रमा सडक हिलो र चिप्लो भएपछि गाडी सञ्चालनमा समस्या देखिएको छ । उक्त क्षेत्रमा सडक अवस्था खराब भएको कारण राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

निर्माणाधीन विनयी खोला पुलको डाइभर्सन बाढीले बगाएको र त्यसका कारण समस्या थपिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । नयाँ पुल केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

यसैगरी, बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ । यस्तै, पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्डमा दुई दिनका लागि राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गरिएको छ ।

यस अवस्थाप्रति ट्राफिक प्रहरीले सचेतना अपनाउन सबै चालक र यात्रुहरूलाई आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.