भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

काठमाडौँका मुख्य सडकमा २५ सय नयाँ ट्राफिक कोन राखेर व्यवस्थापन सुदृढ

काठमाडौँका मुख्य सडकमा २५ सय नयाँ ट्राफिक कोन राखेर व्यवस्थापन सुदृढ

मुख्य बुँदा

२५ सय ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु

नेपालमै उत्पादन, अन्तर्राष्ट्रिय गुणस्तरका

नयाँ कोन ठूला, ३–५ केजी तौल, तल प्वालरहित

पहिलो चरण: सिंहदरबार–भद्रकाली, सिंहदरबार–माइतीघर, पद्मोदय मोड

लेन व्यवस्थित, दुर्घटना र जाम न्यूनीकरण लक्ष्य

महानगरपालिका, ट्राफिक प्रहरी र प्राविधिक टिमको सहकार्य

काठमाडौँ, ९ असाेज । ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाको सहरी व्यवस्थापन विभागले २५ सय अन्तर्राष्ट्रिय गुणस्तरका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ।

यी सामग्री नेपालमै उत्पादन भएका हुन्। आर्थिक वर्ष २०८०–८१ मा खरिदको योजना भएता पनि प्रक्रियागत चुनौतीका कारण २०८१–८२ मा खरिद गरिएको हो।

सहरी योजना आयोगका सहायक विज्ञ अनुकूल निधिका अनुसार नयाँ कोन आकारमा ठूला, तल प्वालरहित र ३–५ केजी तौलका छन्, जसले सवारी चालकहरूलाई अनुशासित बनाउने र कोन हटाउने प्रवृत्ति कम गर्ने अपेक्षा गरिएको छ।

‘एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार हुन्छ, जसले दुई कोनलाई जोड्छ। कुल १ हजार २५० सेट खरिद भएका छन्,’ निधिले बताए।

पहिलो चरणमा सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोडमा कोन प्रयोग गरिएको छ। यसले ट्राफिक च्यानलाइजेसन सुधार्दै लेनको प्रयोग व्यवस्थित बनाउने र दुर्घटना तथा जाम घटाउने लक्ष्य राखेको छ।

कोन राख्ने काम काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्राविधिक टिमको सहकार्यमा सम्पन्न भएको हो। निधिले भने, ‘ट्राफिक व्यवस्थापन साझा समस्या र समाधान हो। कोनहरूको ब्याचवाइज प्रयोग गरी सरसफाई गरेर पुनः प्रयोग गर्न सकिन्छ।’

 


Thali Mobile Pvt.Ltd.