भर्खरै : Sorry, your browser does not support inline SVG.
कात्तिकमा उपत्यकामा ट्राफिक नियम मिच्ने झन्डै १३ हजार चालक कारबाहीमा | भुटानी शरणार्थी समस्या समाधानमा भारतको सहयोग खोज्न नेपाल सरकारलाई आग्रह | चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी | नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा |

कात्तिकमा उपत्यकामा ट्राफिक नियम मिच्ने झन्डै १३ हजार चालक कारबाहीमा

कात्तिकमा उपत्यकामा ट्राफिक नियम मिच्ने झन्डै १३ हजार चालक कारबाहीमा

काठमाडौँ, ३० कार्तिक । काठमाडौँ उपत्यकामा कात्तिक महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक रहेका छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कात्तिक १ देखि २९ गतेसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन् ।

मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न नियमित जाँच र निगरानी गर्दै आएको छ । कानुनी व्यवस्थाअनुसार मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउन निषेध गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनअनुसार नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्ने व्यवस्था छ । ट्राफिक प्रहरीले सवारीचालकलाई नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.