भर्खरै : Sorry, your browser does not support inline SVG.
कात्तिकमा उपत्यकामा ट्राफिक नियम मिच्ने झन्डै १३ हजार चालक कारबाहीमा | भुटानी शरणार्थी समस्या समाधानमा भारतको सहयोग खोज्न नेपाल सरकारलाई आग्रह | चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी | नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा |

भुटानी शरणार्थी समस्या समाधानमा भारतको सहयोग खोज्न नेपाल सरकारलाई आग्रह

भुटानी शरणार्थी समस्या समाधानमा भारतको सहयोग खोज्न नेपाल सरकारलाई आग्रह

मुख्य बुँदा

भुटानी शरणार्थी समस्या समाधानका लागि भारतको कूटनीतिक सहयोग लिन नेपाललाई आग्रह ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो विषय उठाउन माग ।

सन् २००७ देखि २०१६ सम्म एक लाख १३ हजार पाँच सयभन्दा बढी शरणार्थी आठ देशमा पुनर्वास ।

अझै हजारौँ भुटानी शरणार्थी नेपालमै रहेको उल्लेख ।

स्वेच्छिक घरफिर्ती, वैकल्पिक समाधान र शरणार्थी प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न माग ।

काठमाडौँ, ३० कार्तिक । भुटानी शरणार्थी समस्या, राजनीतिक बन्दीहरूको रिहाइ तथा मानवअधिकार संकट समाधानका लागि भारतको कूटनीतिक सहयोग लिन भुटानी मानवअधिकारवादी संस्थाहरूले नेपाल सरकारसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको पूर्वसन्ध्यामा तीन संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान, भुटान इन्डिपेन्डेन्ट पिपुल्स फोरम र नेसनल रिकन्सिलिएसन कमिटी–भुटानले भुटानसँग संवाद अघि बढाउन भारतको कूटनीतिक भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

सन् १९८० को दशकको अन्त्य र १९९० को दशकको सुरुवातमा नेपालीभाषी भुटानीहरूलाई जबर्जस्ती देश निकाला गरिएपछि एक लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । उनीहरूमध्ये अधिकांशले पूर्वी नेपालका शरणार्थी शिविरमा दशकौँ बिताएका थिए । सन् २००७ देखि २०१६ सम्म संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयको सहयोगमा एक लाख १३ हजार पाँच सयभन्दा बढी भुटानी शरणार्थी आठ देशमा पुनर्वास भएका थिए । तर, विस्थापनको तीन दशक बितिसक्दा पनि हजारौँ शरणार्थी नेपालमै रहेका छन् ।

संस्थाहरूले प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीसँगको भेटमा शरणार्थी समस्या उठाउन र भुटानलाई नेपालसँग सार्थक संवाद अघि बढाउन प्रोत्साहित गर्न आग्रह गरेका छन् ।उनीहरूले स्वदेश फर्कन चाहने शरणार्थीका लागि स्वेच्छिक, सुरक्षित र सम्मानजनक घरफिर्तीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, स्वदेश फर्कन नचाहनेहरूका लागि दिगो वैकल्पिक समाधान खोज्न र शरणार्थीको भविष्यसँग सम्बन्धित छलफलमा उनीहरूकै प्रतिनिधिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । भुटान फर्कने शरणार्थीका लागि परिचयपत्र, नागरिकताको दाबी, सुरक्षा तथा पुनःस्थापनाको उचित प्रबन्ध गर्न पनि संस्थाहरूले आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.