भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

केदारनाथ हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

केदारनाथ हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ।

आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ जाँदै गर्दा गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको कारण खराब मौसमलाई मानिएको छ भने हेलिकप्टर जंगल क्षेत्रमा खसेर पूर्ण रूपमा जलेको स्थानीय स्रोतले जनाएको छ।

मृतकहरूमा एक बालिका समेत रहेको पुष्टि भएको छ। दुर्घटनाबारे जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले जानकारी दिएका छन्।
गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर खसेको दृश्य देखेर पहिलो रिपोर्ट दिएका थिए।

यसअघि पनि २०८२ जेठ २५ गते (जुन ७ तारिख) बडासु हेलिप्याडबाट केदारनाथ जाँदै गरेको अर्काे हेलिकप्टरमा प्राविधिक गडबडी देखिएको थियो, जसमा पाइलटले आपतकालीन अवतरण गराएका थिए।

 


Thali Mobile Pvt.Ltd.