भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

केदारनाथ हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

केदारनाथ हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ।

आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ जाँदै गर्दा गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको कारण खराब मौसमलाई मानिएको छ भने हेलिकप्टर जंगल क्षेत्रमा खसेर पूर्ण रूपमा जलेको स्थानीय स्रोतले जनाएको छ।

मृतकहरूमा एक बालिका समेत रहेको पुष्टि भएको छ। दुर्घटनाबारे जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले जानकारी दिएका छन्।
गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर खसेको दृश्य देखेर पहिलो रिपोर्ट दिएका थिए।

यसअघि पनि २०८२ जेठ २५ गते (जुन ७ तारिख) बडासु हेलिप्याडबाट केदारनाथ जाँदै गरेको अर्काे हेलिकप्टरमा प्राविधिक गडबडी देखिएको थियो, जसमा पाइलटले आपतकालीन अवतरण गराएका थिए।

 


Thali Mobile Pvt.Ltd.