भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नेतन्याहूको अमेरिकी जनतालाई अपिल: “हाम्रो दुश्मन, तपाईँहरूको पनि हो”

नेतन्याहूको अमेरिकी जनतालाई अपिल: “हाम्रो दुश्मन, तपाईँहरूको पनि हो”

काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्।

भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जन्मदिनको शुभकामना दिँदै अमेरिकी सैनिकको योगदानप्रति सम्मान व्यक्त गरे। नेतन्याहूले अङ्ग्रेजी भाषामा भने: “इजरायली सेनाले मध्यपूर्वमा स्वतन्त्रताको रक्षा गरिरहेको छ। हाम्रो लडाइँ इरान जस्तो तानाशाही शासनसँग हो।” “हाम्रो दुश्मन, तपाईँहरूको पनि दुश्मन हो। हामी अहिले जे गर्दैछौँ, त्यो हाम्रो साझा सुरक्षाका लागि हो।”

उनले इरानमाथि आरोप लगाउँदै भने यदि इजरायलले हस्तक्षेप नगरेको भए इरानले हमास र हिजबुल्ला जस्ता समूहलाई आणविक हतियारले सुसज्जित गरिसकेको हुने दाबी गरे। तर उनले यस्ता दाबीका लागि कुनै प्रत्यक्ष प्रमाण भने प्रस्तुत गरेका छैनन्।

भिडियोमा नेतन्याहूले अमेरिकासँग गहिरो ऐक्यबद्धताको सन्देश दिँदै इजरायलको कदमहरूलाई “विश्वको साझा सुरक्षा” को विषयमा जोड दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.