भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेतन्याहूको अमेरिकी जनतालाई अपिल: “हाम्रो दुश्मन, तपाईँहरूको पनि हो”

नेतन्याहूको अमेरिकी जनतालाई अपिल: “हाम्रो दुश्मन, तपाईँहरूको पनि हो”

काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्।

भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जन्मदिनको शुभकामना दिँदै अमेरिकी सैनिकको योगदानप्रति सम्मान व्यक्त गरे। नेतन्याहूले अङ्ग्रेजी भाषामा भने: “इजरायली सेनाले मध्यपूर्वमा स्वतन्त्रताको रक्षा गरिरहेको छ। हाम्रो लडाइँ इरान जस्तो तानाशाही शासनसँग हो।” “हाम्रो दुश्मन, तपाईँहरूको पनि दुश्मन हो। हामी अहिले जे गर्दैछौँ, त्यो हाम्रो साझा सुरक्षाका लागि हो।”

उनले इरानमाथि आरोप लगाउँदै भने यदि इजरायलले हस्तक्षेप नगरेको भए इरानले हमास र हिजबुल्ला जस्ता समूहलाई आणविक हतियारले सुसज्जित गरिसकेको हुने दाबी गरे। तर उनले यस्ता दाबीका लागि कुनै प्रत्यक्ष प्रमाण भने प्रस्तुत गरेका छैनन्।

भिडियोमा नेतन्याहूले अमेरिकासँग गहिरो ऐक्यबद्धताको सन्देश दिँदै इजरायलको कदमहरूलाई “विश्वको साझा सुरक्षा” को विषयमा जोड दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.