भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खेलाडीलाई‌ नगद पुरस्कार दिने निर्णय

खेलाडीलाई‌ नगद पुरस्कार दिने निर्णय

काठमाडौं । विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने सरकारले निर्णय गरेको छ । मन्त्री परिषदको‌ बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन् ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको हो ।

आइसिसी मेन्स टि ट्वान्टी वल्ड कप फाइनल एसियामा दोस्रो भएको नेपाली क्रिकेट टोलीले कुल २ करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन् ।

कबड्डी टिमले कुल ४८ लाख दश हजार रुपैयाँ प्राप्त गर्नेछन् । १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल ऐरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् भने चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् ।

लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार प्रदान गर्न खेलाडीहरूले बारम्बार अनुरोध गर्दै आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.