भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

व्यक्ति स्वार्थले पार्टी फुटाए, यसले सरकारलाई कुनै असर पर्दैन: मन्त्री उपेन्द्र यादव

व्यक्ति स्वार्थले पार्टी फुटाए, यसले सरकारलाई कुनै असर पर्दैन: मन्त्री उपेन्द्र यादव

भक्तपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले व्यक्ति स्वार्थका कारण आफ्नो पार्टी फुटेको बताएका छन् । यसले सरकारलाई कुनै असर नगर्ने उनको तर्क छ । रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै मन्त्री यादवले निर्वाचन आयोगको दर्ता प्रक्रिया गलत भएकाले आइतबार सर्वोच्च जाने बताए ।

मन्त्री यादवले भने, “स्थिर सरकार चाहेको र हामी त्यो दायित्वबाट पछि हट्दैनौ, हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लागेका पनि छैनौ र लाग्दैनौ ।” आफ्नो पार्टीले राजनीतिक स्थिरता, शुसासन, बिकास, सम्बृद्धि चाहेकोले सरकार ढाल्ने खेलमा नरहेको जिकिर गरे ।

पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने भन्दै उनले भने, “म सरकारको प्रतिनिधित्व गरेर विदेश गएको बेलामा यहाँ षडयन्त्र गरेर पार्टी फुटाईयो, हामी कानूनी रुपमा चुनौती दिनेछौँ, सर्वोच्चले पक्कै न्याय दिनेछ र पार्टी फुटलाई बदर गर्नेछ ।” उक्त विषयलाई केटाकेटीपनको संज्ञा दिए । पार्टी फुटाएर जानेले लोकतन्त्र कसरी कमजोरी पार्नसकिन्छ ? देशमा अस्थिरता ल्याउन, अन्यपार्टीसंग बार्गेनिङ गरेर एमाले र माआोवादी पार्टी प्रवेश गर्ने तयारीमा फुटेकाहरु रहेको दाबी गरे ।

पार्टी विभाजनको शिकार अब माओवादी र एमाले बन्ने दावी गरे । “हाम्रो पार्टी फुटाएर पेन्डुरा बक्स खुल्ला गरिएको छ, यो रोग अब अरुतिर पनि सर्छ, सुरुमै माओवादीमा यो रोग सर्छ, अब धेरै पार्टी फुट्छन्, त्यसको सुरुवात भइसक्यो ।’ रफत सञ्चार क्लबका अध्यक्ष शुसिलबन्धु थापाको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री यादवले वर्तमान् राजनीतिक परिवेश र त्यसपछिको अबस्थाका बारेमा चर्चा गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.