भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिडियाखानामा सन्ध्याकालीन सेवा शुरू भएपछि पर्यटकको सङ्ख्या बढ्यो

चिडियाखानामा सन्ध्याकालीन सेवा शुरू भएपछि पर्यटकको सङ्ख्या बढ्यो

काठमाडौँ, ४ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।चिडियाखानाले गत वैशाख १ गतेदेखि बेलुका ७ बजेसम्म प्रवेशको व्यवस्था गरेको थियो।

यसअघि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्रै खुल्ने व्यवस्था रहेको थियो। नयाँ सेवा सुरु भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ सम्म झण्डै एक लाखभन्दा बढी पर्यटकले चिडियाखानाको अवलोकन गरेका छन्।

चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार, नयाँ सेवा सुरु हुनु अघि २०८१ वैशाख १५ देखि जेठ १५ सम्म ८४ हजार ३३६ जनाले मात्र चिडियाखाना अवलोकन गरेका थिए, तर यसपटक ९९ हजार २१९ जनाले अवलोकन गरेका छन्। यसरी करिब १४ हजार ८८३ जनाले बढि सेवा लिएका छन्।

यो बढ्दो सङ्ख्याले चिडियाखानालाई करिब २५ लाख रुपैयाँको आम्दानी दिलाएको छ। उठेको शुल्कबाट कर्मचारीको तलबभत्ता र चिडियाखानामा रहेका जीवजन्तुलाई आहारा दिने लगायतका व्यवस्थापनका कामहरू भइरहेका छन्।

चिडियाखानामा प्रवेश शुल्क नेपाली वयस्कका लागि २०० रुपैयाँ, विद्यार्थीका लागि १३५ रुपैयाँ, ज्येष्ठ नागरिकका लागि १०० रुपैयाँ र बालबालिकाका लागि ७५ रुपैयाँ तोकिएको छ। साथै, सार्क देशका नागरिकलाई ५०० र विदेशी नागरिकलाई १००० रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ।

चिडियाखानामा दैनिक औसत दुई हजार भन्दा बढीले अवलोकन गर्ने गरेको जानकारी छ। यहाँ हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामस लगायत विभिन्न ठूला तथा दुर्लभ वन्यजन्तुहरू छन्।

सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विसं १९८९ मा स्थापना गरेका थिए। तर, २०११ देखि मात्र यो सर्वसाधारणका लागि खुला गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.