भर्खरै : Sorry, your browser does not support inline SVG.
मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह | बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार |

चिडियाखानामा सन्ध्याकालीन सेवा शुरू भएपछि पर्यटकको सङ्ख्या बढ्यो

चिडियाखानामा सन्ध्याकालीन सेवा शुरू भएपछि पर्यटकको सङ्ख्या बढ्यो

काठमाडौँ, ४ असार । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।चिडियाखानाले गत वैशाख १ गतेदेखि बेलुका ७ बजेसम्म प्रवेशको व्यवस्था गरेको थियो।

यसअघि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्रै खुल्ने व्यवस्था रहेको थियो। नयाँ सेवा सुरु भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ सम्म झण्डै एक लाखभन्दा बढी पर्यटकले चिडियाखानाको अवलोकन गरेका छन्।

चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार, नयाँ सेवा सुरु हुनु अघि २०८१ वैशाख १५ देखि जेठ १५ सम्म ८४ हजार ३३६ जनाले मात्र चिडियाखाना अवलोकन गरेका थिए, तर यसपटक ९९ हजार २१९ जनाले अवलोकन गरेका छन्। यसरी करिब १४ हजार ८८३ जनाले बढि सेवा लिएका छन्।

यो बढ्दो सङ्ख्याले चिडियाखानालाई करिब २५ लाख रुपैयाँको आम्दानी दिलाएको छ। उठेको शुल्कबाट कर्मचारीको तलबभत्ता र चिडियाखानामा रहेका जीवजन्तुलाई आहारा दिने लगायतका व्यवस्थापनका कामहरू भइरहेका छन्।

चिडियाखानामा प्रवेश शुल्क नेपाली वयस्कका लागि २०० रुपैयाँ, विद्यार्थीका लागि १३५ रुपैयाँ, ज्येष्ठ नागरिकका लागि १०० रुपैयाँ र बालबालिकाका लागि ७५ रुपैयाँ तोकिएको छ। साथै, सार्क देशका नागरिकलाई ५०० र विदेशी नागरिकलाई १००० रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ।

चिडियाखानामा दैनिक औसत दुई हजार भन्दा बढीले अवलोकन गर्ने गरेको जानकारी छ। यहाँ हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामस लगायत विभिन्न ठूला तथा दुर्लभ वन्यजन्तुहरू छन्।

सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विसं १९८९ मा स्थापना गरेका थिए। तर, २०११ देखि मात्र यो सर्वसाधारणका लागि खुला गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.