भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

देउवा र खड्काको विवादले जानकी मन्त्री हुनबाट रोकिदै

देउवा र खड्काको विवादले जानकी मन्त्री हुनबाट रोकिदै

सुर्खेत ।काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खडकाबीच विवाद चुलिदै गएको छ । यसको असर कर्णालीमा परेको छ । प्रदेश सरकारमा सहभागि हुन तयार भएर बसेकी केन्द्रीय सदस्य जानकी सिंहलाई खड्काले रोक्न खोजेपछि सभापति देउवा र उपसभापति खड्काबीच विवाद सतहमा आएको हो ।

तत्कालिन मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारमा काँग्रेसबाट वरिष्ठताको आधारमा मन्त्री छान्ने सहमति विपरित दलका नेता जीवनबहादुर शाहीले उपसभापति खड्काको सहमतिमा तीन जनालाई मन्त्री बनाएका थिए । त्यतिबेला काँग्रेस केन्द्रीय सदस्यद्धय राजीव विक्रम शाह र जानकी सिंहलाई मन्त्री अर्को चरणमा बनाउने सहमति सभापति देउवासँग खड्का र शाहीले गरेका थिए ।

‘अहिले मलाई मन्त्रीको दावीबाट पन्छिएको भनेर हल्ला चलाइएको छ ।’ मन्त्री आकांक्षी सिंहले भनिन, ‘त्यो हल्ला मात्र हो । मेरो पक्षमा सभापति हुनुहुन्छ । मन्त्री बन्नबाट रोक्ने कार्य उपसभापति खड्काले गरेका छन् ।’ खड्का आफ्नै जिल्लाका भएपनि आफूमाथि राजनीति गरिरहेको आरोप उनले लगाईन । उनि भन्छिन, ‘जहाँ पनि पेल्न खोज्नु भनेको म माथि राजनीति गर्न खोज्नु हो । यो कदमले उहाँलाई नै असर पर्छ ।

 


Thali Mobile Pvt.Ltd.