भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारत–पाकिस्तान तनाव : जी–सेभेनको वार्ताका लागि आग्रह

भारत–पाकिस्तान तनाव : जी–सेभेनको वार्ताका लागि आग्रह

काठमाडौँ, २७ बैशाख । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी–सेभेनले भारत र पाकिस्तानलाई आपसी संवादमार्फत तनाव समाधान गर्न आग्रह गरेको छ। दुई देशबीच बढ्दो तनावका सन्दर्भमा यो अपिल गरिएको हो।

क्यानडाले जारी गरेको संयुक्त विज्ञप्तिमा जी–सेभेन सदस्य राष्ट्रहरू – क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघ – का विदेशमन्त्रीहरूले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको तीव्र शब्दमा निन्दा गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “हामी दुवै देशलाई संयम अपनाउन, एकअर्कासँग प्रत्यक्ष संवाद गर्न र तनाव समाधानका लागि शान्तिपूर्ण बाटो रोज्न आग्रह गर्छौँ।”

जी–सेभेन राष्ट्रहरूले भारत र पाकिस्तानबीचको दीर्घकालीन विवाद समाधानका लागि कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.