भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारत–पाकिस्तान तनाव : जी–सेभेनको वार्ताका लागि आग्रह

भारत–पाकिस्तान तनाव : जी–सेभेनको वार्ताका लागि आग्रह

काठमाडौँ, २७ बैशाख । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी–सेभेनले भारत र पाकिस्तानलाई आपसी संवादमार्फत तनाव समाधान गर्न आग्रह गरेको छ। दुई देशबीच बढ्दो तनावका सन्दर्भमा यो अपिल गरिएको हो।

क्यानडाले जारी गरेको संयुक्त विज्ञप्तिमा जी–सेभेन सदस्य राष्ट्रहरू – क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघ – का विदेशमन्त्रीहरूले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको तीव्र शब्दमा निन्दा गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “हामी दुवै देशलाई संयम अपनाउन, एकअर्कासँग प्रत्यक्ष संवाद गर्न र तनाव समाधानका लागि शान्तिपूर्ण बाटो रोज्न आग्रह गर्छौँ।”

जी–सेभेन राष्ट्रहरूले भारत र पाकिस्तानबीचको दीर्घकालीन विवाद समाधानका लागि कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.