भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

भारतमा फेरि भेटियो जीका भाइरस,६ जनामा संक्रमण पुष्टि

भारतमा फेरि भेटियो जीका भाइरस,६ जनामा संक्रमण पुष्टि

काठमाडौं । भारतमा फेरि जीका भाइरसको संक्रमण भेटिएको छ । पुणेमा जीका भाइरसको संक्रमण भेटिएको स्वास्थ्यका अधिकारीले बताएका छन् । अहिलेसम्म त्यहाँ दुई गर्भवतीसहित ६ जनामा संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्वास्थ्य सेवा विभागले संक्रमणको अवस्थाबारे बालबालिकामा निगरानी गरिरहेको जनाएको छ । संक्रमणका घटना पहिचान भएपछि स्वास्थ्य अधिकारीले नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।

भारतमा यसअघि केरला, गुजरात लगायतका राज्यमा जीका भाइरस संक्रमणका घटना देखिएका थिए । लामखुट्टेका कारण सर्ने जीका भाइरसले बालबालिकाको मस्तिष्कको कोष सुकाउँदै लैजाने अध्ययनले देखाएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.