भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कोशीमा (रेड अलर्ट) जारी, नेपाल भारत गण्डक ब्यारेजका ५६ वटै ढोका खुला

कोशीमा (रेड अलर्ट) जारी, नेपाल भारत गण्डक ब्यारेजका ५६ वटै ढोका खुला

काठमाण्डौ । गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । अविरल वर्षाका कारण पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको हो ।

कोशीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले रेड अलर्ट जारी गरेको छ । ब्यारेजका ५६ वटै ढोका बिहान ८ बजेदेखि नै खोलिएको छ । त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ वटै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सन् १९६२ मा कोशी ब्यारेजको संरचना सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाव हुने क्षमता भनिएको थियो । तर पछिल्ला दिनहरुमा कोशी ब्यारेजका पुल नजिक बालुवा थुप्रिएका कारण ब्यारेजबाट हुने बहाव क्षमतामा कमी आएको हो ।

कोशी ब्यारेज पुलमा पैदलयात्रीको आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । दिउँसो एक बजेको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड ५ लाख २१ हजार क्युसेक पानीको बहाव भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.