भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सेती नदीको बाँध भत्काइँदै, तटीय क्षेत्रमा सुरक्षित रहन नुरोध

सेती नदीको बाँध भत्काइँदै, तटीय क्षेत्रमा सुरक्षित रहन नुरोध

पोखरा । माछा मार्ने क्रममा बेपत्ता भएका युवक खोज्न आज सेती नदीको बाँध भत्काउने भएको छ ।

बाँध खोल्न लागिएको प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । बिहान ८ बजेदेखि बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन आग्रह गरेको हो ।

सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की मानबहादुर लामा तामाङ सम्पर्कविहीन छन् ।

१४ गतेबाट प्रहरी, सशस्त्र प्रहरीका गोताखोरहरूले खोज्दा फेला नपरेपछि बाँध खोल्न लागिएको प्रहरीको भनाइ छ ।
पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एकजना मृत फेला परेका थिए ।

मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छन् । सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.