भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

संविधान संशोधनको विषयले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकबीच खटपट सुरु

संविधान संशोधनको विषयले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकबीच खटपट सुरु

काठमाडौ । गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट सुरु भएको छ । वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्ने दावी गरेका उनीहरुले दिएका अभिव्यत्तिले छिटै सरकार ढल्ने संकेत गरिरहेको सरोकारवालाको दावी छ ।

आइतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकपछि सञ्चारकर्मीसँग मन्त्री लेखकले गठबन्धन नटिक्ने संकेत गरे । उनले गठबन्धन टिक्ने नटिक्ने कुरा एमाले र कांग्रेसले गरेको सातबुँदे सहमतिअनुसार भरपर्ने बताए । ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्नेमा संका गरे ।

उनले संविधान संशोधन ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले नै घोषणा गर्ने विषय नभएको भन्दै यस्तो संकेत गरेका हुन । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने दावी गरे ।

तर प्रधानमन्त्रीले अहिले नै मिति तोकिहाल्ने विषय नरहेको बताए। प्रधानमन्त्री केपी ओलीले अब संविधान सशोधन ०८७ मा मात्रै हुने केन्द्रीय कमिटीको बैठकमा बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.