भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संविधान संशोधनको विषयले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकबीच खटपट सुरु

संविधान संशोधनको विषयले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकबीच खटपट सुरु

काठमाडौ । गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट सुरु भएको छ । वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्ने दावी गरेका उनीहरुले दिएका अभिव्यत्तिले छिटै सरकार ढल्ने संकेत गरिरहेको सरोकारवालाको दावी छ ।

आइतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकपछि सञ्चारकर्मीसँग मन्त्री लेखकले गठबन्धन नटिक्ने संकेत गरे । उनले गठबन्धन टिक्ने नटिक्ने कुरा एमाले र कांग्रेसले गरेको सातबुँदे सहमतिअनुसार भरपर्ने बताए । ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्नेमा संका गरे ।

उनले संविधान संशोधन ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले नै घोषणा गर्ने विषय नभएको भन्दै यस्तो संकेत गरेका हुन । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने दावी गरे ।

तर प्रधानमन्त्रीले अहिले नै मिति तोकिहाल्ने विषय नरहेको बताए। प्रधानमन्त्री केपी ओलीले अब संविधान सशोधन ०८७ मा मात्रै हुने केन्द्रीय कमिटीको बैठकमा बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.