भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुसी हेलिकप्टर दुर्घटनामा १७ जनाको शव भेटियो

रुसी हेलिकप्टर दुर्घटनामा १७ जनाको शव भेटियो

काठमाडौं । रुसको कामचट्का प्रायद्वीपमा शनिबार भएकाे हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । बेपत्ता २२ जनामध्ये १७ को शव फेला परेको हो । तीन जना चालक दलका सदस्य र १९ पर्यटक सवार हेलिकप्टरमा उडेको केही समयमा नै जङ्गली क्षेत्रमा बेपत्ता भएको थियो ।

आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा उक्त तस्बीर सार्वजनिक गरेका थिए । दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष पहाडको टुप्पो नजिकै ढलानमा रहेको श्रव्यदृश्यमा देखिएको छ ।

दुर्घटनाग्रस्त एमआई सैन्य हेलिकप्टर हो ।

 


Thali Mobile Pvt.Ltd.