भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

किन स्थगित गरियो न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणाको स्वागत

किन स्थगित गरियो न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणाको स्वागत

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका नेपाली समुदायले आयोजना गर्ने भनिएको प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । महावाणिज्य दूतावास र नेपाली समुदायको संयुक्त आयोजनामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो ।

त्यसका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीर अंकित ब्यानरसहित मञ्च समेत तयार भएको थियो । तर सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्तताको कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको हो ।

न्यूयोर्कले जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्य दूतावासलेदुःख व्यक्त गरेको छ । रास्वपा र पहिचानवादी संघ संगठनहरुले कार्यक्रम स्थलमै विरोध प्रदर्शन गर्ने तयारी गरेपछि कार्यक्रम स्थगित गरिएको स्रोतले दावी छ ।

कालो झण्डा देखाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेको सूचना पाउनासाथ भीभीआईपीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कार्यक्रम स्थगित गरिएको स्रोतले बतायो ।

 


Thali Mobile Pvt.Ltd.