भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

भक्तपुरमा वल वल पुलुकिसी

भक्तपुरमा वल वल पुलुकिसी

भक्तपुर । इन्द्रजात्राको अन्तिम दिन आइतबार भक्तपुरमा पुलुकिसी जात्रा मनाइएको छ । जात्रा साँंझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको हो । जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हात्तीलाई नगर परिक्रमा गराइएको थियो । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गराइएर विभिन्न मन्दिरमा पु¥याएको थियो ।

बाँंसबाट हाती आकार दिई त्यसलाई हातीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीभित्र मानिस बसेर त्यसलाई नगर परिक्रमा गराउँदा नगरबासी हर्षित भएका थिए । जात्रा हेर्न नगरभरि ठूलो भीड लागेको थियो । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरवार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको थियो । दरवार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइएको थियो ।

त्यहाँंबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइ लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गरिने चलन छ । परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । सुँंडले छोएमा विरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ । प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरुले ती सामानलाई अर्को वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने चलन छ ।

 


Thali Mobile Pvt.Ltd.