भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउन माग

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउन माग

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्दै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउनका लागि उपकुलपतिसँग आग्रह गरिएको उनले उल्लेख गरे । झलारी क्षेत्रमै सशस्त्र प्रहरीको सुदूरपश्चिमस्तरीय विद्यालय स्थापना हुन लागेको जानकारी गराउँदै उनले विद्यालय स्थापनाले शिक्षाको गुणस्तर बढाउनमा मद्दत पुग्ने बताए ।

विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएका हुन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले विद्यालयको भौतिक संरचना, शैक्षिक अवस्था, आर्थिक अवस्था र चुनौतीबारे कार्यक्रममा जानकारी गराएका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.