भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य

कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य

काठमाडौं, २१ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नौबीसे–मुग्लिन सडकखण्डको कृष्णभीरमा अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम तीव्र पारिएको छ ।

नौबीसे–मुग्लिन सडक आयोजनाका अनुसार डाँडामाथिबाट करिब ४ मिटर चौडाइको ट्र्याक खोलिएको छ । उक्त ट्र्याकबाट अहिले निर्माण सामग्री तथा आवश्यक उपकरण ओसार्ने काम भइरहेको छ ।

ट्र्याकलाई सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाउन सडकको भित्ता काट्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने तथा पहिरो व्यवस्थापनको काम भइरहेको आयोजनाले जनाएको छ । निर्माण कम्पनीका अनुसार भदौ मसान्तसम्म सर्वसाधारणका सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । त्यसका लागि ७ वटा एक्स्काभेटरसहित बुल्डोजर, लोडरलगायतका भारी उपकरण परिचालन गरिएको छ ।

हाल खोलिएको नयाँ ट्र्याकबाट आपत्कालीन अवस्थामा पैदल यात्रुले वारपार गर्न सक्ने अवस्था रहेको छ । तर ट्र्याक साँघुरो भएकाले तत्कालै सवारीसाधन सञ्चालन गर्न भने प्राविधिक काम पूरा गर्नुपर्ने बताइएको छ । ट्र्याक फराकिलो बनाउने, सडकको सतह मिलाउने र आवश्यक संरचना तयार गर्ने काम पूरा भएपछि कृष्णभीरमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.