भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कीर्तिपुर नगर प्रमुख पदका उम्मेदवार डा.महर्जनद्वारा प्रतिबद्धता सार्वजनिक

कीर्तिपुर नगर प्रमुख पदका उम्मेदवार डा.महर्जनद्वारा प्रतिबद्धता सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रका कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार डा. शिवशंकर महर्जनले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।

कीर्तिपुर नगर क्षेत्रभित्रका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार खर्च नगरपालिकाले नै बेहोर्ने प्रतिबद्धता व्यक्त गरे । ज्येष्ठ नागरिकले जुनसुकै स्वास्थ्य संस्थामा सेवा लिएपनि सो खर्च नगरपालिकाले बेहोर्ने उनको भनाइ छ ।

आफ्नो नेतृत्वमा सङ्घीय सरकारद्वारा ज्येष्ठ नागरिक तथा एकल महिलालाई प्रतिमहिना प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वितरण तथा नवीकरण प्रक्रियालाई सजिलो र प्रभावकारी बनाइने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.