भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

५ लाखले छाडे काठमाडौं

५ लाखले छाडे काठमाडौं

काठमाडौं । घटनास्थापनदेखि आज बुधबार बिहान सम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौं छोडेका छन् । तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौं उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका डीएसपी रवीन कार्कीले बताए । सडक यात्राबाट काठमाडौं छाड्ने यात्रुहरुको विवरण हो ।

दशैंको अवसरमा घर फर्कने यात्रुहरुलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ ।टिकटमा हुने कालोबजारीदेखि नाका नाकामा ट्राफिक खटाएर भाडादर समेत अनुगमन गरिएको छ । बढी भाडा असुल्ने गाडीहरुलाई कारबाही तिव्र पारिएको छ ।

बढी भाडा लिएको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको हो । यसका साथै हवाईमार्गबाट यो पटक उत्तिकै यात्रुहरु काठमाडौंबाट बाहिरिएका छन् ।पूर्वी नेपालको मुख्य राजमार्ग वीपी हाईवे बाढी पहिरोका कारण अवरुद्ध भएपछि हवाई मार्गबाट उपत्यका छाड्नेहरुको संख्या बढेको हो ।