भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बजेटमाथिको छलफलमा बालेन अनुपस्थित

बजेटमाथिको छलफलमा बालेन अनुपस्थित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सहभागी नभएपछि आजको बैठक स्थगित भएको छ ।

वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन भन्छन् ‘उहाँले तिमिहरू के गर्न सक्छौ गर भन्ने शैलीमा छलफल गर्न हलमा नै ओर्लिनुभएन । हामीले राखेको केही प्रस्ताव नै नमान्ने भन्ने त हुँदैन नी । उहाँले ल्याएको नीति कार्यक्रम ढुंगामा लेखिएको हो र छलफल गरेर सल्टाउँ भन्दा उल्टै प्रतिशोध साँधेको जस्तो गर्नुभयो, त्यही भएर आज स्थगित भएको हो,’ उनले भने । बालेनले प्रश्न फेस गर्न डराएर स्टाटस लेखेको समेत महर्जनले बताएका छन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म कुदासमेत मेयर बालेन नआएको महर्जनले जानकारी दिए ।आफैं अनुपस्थित भएर नगर सभा स्थगित भएपछि बालेनले सामाजिक सञ्जालमा नेताको नाममा करोडौंको कार्यक्रम गर्न नमान्दा नगर सभा रोकेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.