भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध

सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध

पाल्पा, ३ भदौ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

बुधबार बिहान करिब ७ः३५ बजे सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थानबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सडक माथिबाट अझै निरन्तर पहिरो खसिरहेकाले तत्काल पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन। पहिरो खस्न रोकिएपछि सडक खुलाउने काम सुरु गरिने प्रहरीले जनाएको छ। डोजर तयारी अवस्थामा राखिएको र बाटो खुलाउने पहल भइरहेको बताइएको छ।

घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली खटिएको छ।पहिरोका कारण सिद्धार्थ राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। यसबाट पाल्पा–बुटवलतर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।

 


Thali Mobile Pvt.Ltd.