भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन

युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन

एजेन्सी, ३ भदौ । संयुक्त अरब इमिरेट्स (युएई)ले इरानसँग हुने सबै व्यापारिक, व्यावसायिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्मका लागि निलम्बन गर्ने घोषणा गरेको छ।

युएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै जाँदा त्यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ।

युएईको यो निर्णय इरानबाट आएको भनिएका दुई ब्यालेस्टिक मिसाइलसम्बन्धी घटनापछि आएको हो। युएईका अनुसार तीमध्ये एउटा मिसाइल उसको क्षेत्रीय जलक्षेत्रबाहिर र अर्को जलक्षेत्रभित्र खसेको थियो। इरानले भने युएईतर्फ मिसाइल प्रहार गरेको आरोप अस्वीकार गरेको छ।

युएई विदेश मन्त्रालयले क्षेत्रीय तनावका कारण इरानसँगको व्यापार, व्यावसायिक आदानप्रदान र वित्तीय कारोबार रोकिएको जनाएको छ। साथै अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको अखण्डता तथा अन्तर्राष्ट्रिय कानुन र विश्वव्यापी मापदण्ड पालना गर्न आफू प्रतिबद्ध रहेको बताएको छ।

अमेरिका–इजरायल र इरानबीच जारी युद्ध तथा त्यसको प्रभावका कारण खाडी क्षेत्रमा तनाव बढिरहेका बेला युएईको पछिल्लो निर्णयले इरानसँगको आर्थिक सम्बन्धमा थप दबाब सिर्जना गर्ने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.