भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कुवेतमा दर्जनबढी नेपाली महिलाको बिचल्ली

कुवेतमा दर्जनबढी नेपाली महिलाको बिचल्ली

काठमाडौं । घरेलु कामदारका रूपमा कुवेतमा महिलाहरूलाई लैजान प्रतिबन्ध लगाइएको भए पनि अवैध बाटोबाट पुगेका महिलाहरूले आफूहरू बेचिएको बताएका छन् । रुपन्देही कञ्चन गाउँपालिका–१ सुन्दरनगरकी लक्ष्मीकुमारी दमाईलगायतले आफूलाई कुवेत ल्याएर बिक्री गरेको भन्दै उद्धारको अपिल गरेकी छन् ।

फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनीहरुले कुवेतको चालिया भन्ने ठाउँमा ओमबहादुर नाम गरेका एजेन्टले बिक्री गरेको बताएकी हुन् । नेपाल फर्काउन आग्रह गर्दा एजेन्टले नसुनेको उनीहरुको जिकिर छ ।

अवैध बाटो हुँदै कुवेत आएर समस्यामा परेको दर्जनबढी नेपाली महिला आफ्नो सम्पर्कमा रहेको समाजसेवी घनश्याम थापा मगरले बताएका छन् । अहिले कुवेतस्थित नेपाली दूतावासको सेल्टरमा ४२ जना दिदीबहिनी उद्धार हुने पर्खाइमा रहेको र दिन प्रतिदिन पीडितहरूको संख्या बढेकाले दूतावासलाई पनि कठिन भएको उनको तर्क छ ।

पछिल्लो समय कुवेतीले खदमा यानकी घरेलु महिला कामदारहरूको फोन ट्र्याक गरेर कोसँग बोल्छ, उसैलाई खदमा भगाएको केस लगाएर पक्राउ गर्ने गरेकाले पनि उद्धार गर्न थप समस्या हुने गरेको बताइएको छ ।

दलालले भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.