भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

विद्युत् प्राधिकरणबाट कुलमान पदमुक्त, ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन

विद्युत् प्राधिकरणबाट कुलमान पदमुक्त, ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरेको छ । सोमबार पदमुक्त गरिएपछि मंगलबार नेपाल विद्युत् प्राधिकरणमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारको निर्णय विरुद्ध विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

घिसिङलाई हटाउने निर्णयको विरोधमा राजनीतिक दल, विद्यार्थी संघसंगठनदेखि सर्वसाधारणले समेत आलोचना गरिरहेका छन् । विरोध प्रदर्शन बढेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्राधिकरणको मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।

यसैबीच काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएको छ ।

 


Thali Mobile Pvt.Ltd.