भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

बाढीले बगाएको सडक अनुगमनमा मन्त्री कुलमान, छिट्टै सञ्चालनकाे तयारी

बाढीले बगाएको सडक अनुगमनमा मन्त्री कुलमान, छिट्टै सञ्चालनकाे तयारी

काठमाडौं, २३ असाेज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीसंगै मन्त्री कुलमान घिसिङ बाढीपहिरोले क्षति पुर्‍याएको चौकीडाँडालगायत क्षेत्रको अनुगमनमा पुगेका छन्।

बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूसँग जोड्ने “लाइफ लाइन सडक” छिट्टै सञ्चालनमा ल्याउन सडक विभाग र निर्माण व्यवसायीलाई मन्त्री घिसिङले निर्देशन दिएका छन्।

गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसबेला अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रूपमा बगाएको हो।

स्थायी रुपमा सडक निर्माणका लागि केही खण्डमा ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र बाँकी खण्डहरूमा ठेक्का सम्झौता अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.