भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

अवरुद्ध सडक र क्षतिग्रस्त पुल पुनर्निर्माणमा १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान

अवरुद्ध सडक र क्षतिग्रस्त पुल पुनर्निर्माणमा १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान

मुख्य बुँदा

बाढीपहिरोले क्षति पुगेका सडक पुनर्निर्माणमा कुल १२ अर्ब ३८ करोड खर्च लाग्ने अनुमान।

यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र पुलका लागि १० अर्ब ६८ करोड।

मेची राजमार्ग सबैभन्दा धेरै क्षतिग्रस्त, पुनर्निर्माणमा डेढ अर्ब खर्च।

१७ स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड, नयाँ बेलिब्रिजमा ८० करोड, वैकल्पिक सडकमा एक अर्ब ५९ करोड।

मन्त्रि कुलमान घिसिङका अनुसार अवरुद्ध सडक सञ्चालन उच्च प्राथमिकतामा।

काठमाडौँ, २२ असाेज । गएको असोज १८, १९ र २० गतेका साथै त्यसअगाडिको बाढीपहिरोले क्षति पुर्‍याएका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँको अनुमान प्रस्तुत गरेको छ। यसअघि गएको वर्षको विपद्बाट क्षति पुगेका संरचनाको एक अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार, बाढीपहिरोबाट अवरुद्ध सडकको सञ्चालन उच्च प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका छन्।

यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा धेरै क्षति मेची राजमार्गमा भएको छ, जसको पुनर्निर्माणमा डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणगढ–मुग्लिन लगायतका राजमार्गको पुनर्निर्माणमा करिब ३ अर्ब ७७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ, नयाँ बेलिब्रिज निर्माणमा ८० करोड रुपैयाँ, र वैकल्पिक सडक पुनर्निर्माणमा एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.