भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रास्वपासँग एकता असहज भएको कुलमानको स्वीकारोक्ति, संवाद जारी रहने संकेत

रास्वपासँग एकता असहज भएको कुलमानको स्वीकारोक्ति, संवाद जारी रहने संकेत

काठमाडौं, २६ पुष । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया सहज नभएको स्वीकार गरेका छन् । काठमाडौं रामेछाप पत्रकार समाजको पाँचौँ साधारण सभालाई शनिबार सम्बोधन गर्दै हालै मन्त्री पदबाट राजीनामा दिएका घिसिङले वार्ता र संवाद जारी रहे पनि एकता निश्चित भइसकेको अवस्था नरहेको स्पष्ट पारे ।

घिसिङले उज्यालो नेपाल पार्टी र रास्वपा बीच औपचारिक विलय भइनसकेको बताउँदै प्रारम्भिक समझदारी कार्यान्वयनका क्रममा जटिलता उत्पन्न भएको उल्लेख गरे । “हामीले सँगै अघि बढ्ने समझदारी गरेका थियौँ तर त्यसको कार्यान्वयन सहज छैन,” उनले भने, “तैपनि हामी संवादकै पक्षमा छौँ ।” उनले विगतमा भएका प्रयासजस्तै पुनः असफल नहोस् भन्ने चाहना व्यक्त गर्दै जनताको आकांक्षा पूरा गर्न सक्ने गरी सहकार्यको सम्भावना खोजिरहेको बताए । घिसिङले रास्वपासँग वार्ता र संवादबाटै समाधान खोज्नुपर्नेमा आफू प्रतिबद्ध रहेको धारणा राखे ।

रास्वपाले कुलमान घिसिङसँग एकता र संवादमा खासै रुचि नदेखाएको चर्चा भइरहेका बेला उनले प्रक्रिया निकै कठिन अवस्थामा पुगेको स्वीकार गरेका छन् । यसै अवसरमा घिसिङले आगामी निर्वाचनमा आफू गृहजिल्ला रामेछाप वा काठमाडौं क्षेत्र नम्बर ३ मध्ये कुनै एक स्थानबाट उम्मेदवारी दिने तयारीमा रहेको जानकारीसमेत दिएका छन् ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.