काठमाडौं । ललितानिवासको जग्गा किर्ते गरेको आरोपित पूर्वमन्त्री चन्द्रदेव जोशी ३ लाख ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उनीसँग ३ लाख ३० हजार रुपैयाँ धरौटी मागे गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले १० भदौ २०८० मा जोशी लगायत ३ सय १२ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
