भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

झाडा पखाला फैलियो, नरैनापुरमा एकै दिन चार जनाको मृत्यु

झाडा पखाला फैलियो, नरैनापुरमा एकै दिन चार जनाको मृत्यु

बाँके । नरैनापुरमा झाडा पखालाका कारण एकै दिन ४ जनाको मृत्यु भएको छ । नरैनापुर ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट १० जना बिरामी परेका छन् । ती मध्य चारजनाको मृत्यु भएको नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्राले बताए ।

हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको मृत्यु भएको हो ।

भारतीय सिमासंग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी पाउनसाथ स्वास्थ्य चौकीका सिनियर अहेब तैयब अहमद र अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताए ।

झाडा पखाला फैलिएको गेगलीमा स्वास्थ्य क्याम्प स्थापना गरी उपचार सुरु गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । अत्यधिक गर्मी र खानेपानीमा गडबडी भएका कारण गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.