भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ललितपुरका भैंसेपाटी, च्यासल र सानेपामा आज राति १२ बजेसम्म कर्फ्यु

ललितपुरका भैंसेपाटी, च्यासल र सानेपामा आज राति १२ बजेसम्म कर्फ्यु

काठमाडौं, २४ भदौ । ललितपुरका केही स्थानमा आज बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ। यसअघि काठमाडौंका विभिन्न क्षेत्रमा हिजोदेखि लागू गरिएको कर्फ्यु हटाइएको छ।

ललितपुर प्रशासन कार्यालयका अनुसार, मन्त्री निवास रहेको भैंसेपाटी क्षेत्र, एमाले पार्टी कार्यालय रहेको च्यासल क्षेत्र र कांग्रेस पार्टी कार्यालय रहेको सानेपा क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु आदेशअन्तर्गत पर्ने स्थानहरू: वडा नं. ४, १८ र २५ – भैंसेपाटीबाट बुङ्गमती जाने सडक, सिजी हाउजिङबाट चोभार गल्छी सडक, एकान्तकुनाबाट विष्णुदेवी मन्दिर र इटनी जाने ओह्रालो। वडा नं. २ (सानेपा) – इन्द्रायणी मार्ग वरपर, सानेपा चोकदेखि इन्द्रायणी सडक, बल्खु पुलदेखि मनमोहन पार्क, इन्द्रायणी मन्दिरदेखि बागमती करिडोरसम्म।

वडा नं. ९ (च्यासल) – च्यासल रङ्गशालाबाट मलपोखरी जाने बाटो र मनोहरा खोला जाने बाटो। प्रशासनले उल्लेखित क्षेत्रमा सुरक्षाका कारणले बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.