भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाण्डौ, २५ मंसिर । राष्ट्रिय महिला आयोगले सबैभन्दा धेरै घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ ।

आयोगले आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’ को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटना बढेको बताउनुभयो ।

सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा ७ हजार ३ सय ४४ वटा विभिन्न किसिमका हिंसाका घटना दर्ता भएकामा ८८ प्रतिशत घरेलु हिंसाका र १२ प्रतिशत महिला हिंसाका घटना दर्ता भएको छ ।

हिंसामा पर्ने महिलाको उमेर समूह भने २६ देखि ४० वर्षका रहेका छन् । निरक्षर र साधारण लेखपढ गर्न जानेकै महिलाहरु बढी हिंसामा पर्ने गरेको पनि आयोगको भनाइ छ ।

गएको आर्थिक वर्षमा पनि घरेलु हिंसा परामर्श सेवा र महिला अधिकार प्रयोग गर्नबाट वञ्चित गरेको सम्बन्धमा उजुरी परी १ हजार दुई सय दुई महिला हिंसाका उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विगतझैँ आउँदा दिनमा पनि महिला अधिकारका क्षेत्रमा सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.