भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा | हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान | दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा | घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा | भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि |

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

म्याग्दी । बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो ।

सङ्घीय सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा नदी नियन्त्रण गर्न काम थालेको थियो । “बेनी बजार संरक्षण आयोजनाअन्तर्गत आठवटा कम्पनीसँग सम्झौता गरेर निर्धारित समयमा नै काम सम्पन्न भएको परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विश्वकर्माले बताए ।

बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रण आयोजना निर्माण भएको हो । आयोजनाअन्तर्गत रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पक्की पर्खाल निर्माण गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ सम्झौता भएको सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो । बेनी नगरपालिका–७ मङ्गलाघाटको म्याग्दी नदीको किनारमा दुईवटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएका हुन् ।

बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ११० मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल रु दुई करोड ६८ लाखमा बनेको हो ।पर्वतको जलजला गाउँपालिका–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा १३८ मिटर लामो सोही प्रविधिको पर्खाल निर्माण भएको छ । यो योजना निर्माणका लागि रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो कम्पोजिट पर्खाल निर्माण भएको छ । यसैगरी, जलजला गाउँपालिका–३ वारीबेनीमा रु तीन करोड ५० लाखमा ८४ मिटर लामो पर्खाल भएको छ । बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि रु दुई करोड ३० लाखमा ७५ मिटर लामो पर्खाल निर्माण भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.