भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

वर्षाका कारण विभिन्न राजमार्गहरूमा पहिरो जाँदा सडक अवरूद्ध, टाढाको यात्रा नगर्नु आग्रह

वर्षाका कारण विभिन्न राजमार्गहरूमा पहिरो जाँदा सडक अवरूद्ध, टाढाको यात्रा नगर्नु आग्रह

काठमाडौं । ठूलो पानी परिरहेकाले सचेत रहन गृहमन्त्रालयले आग्रह गरेको छ। गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले (बिहीबार) साँझदेखि अधिकांश स्थानहरूमा ठूलो पानी परिरहेकाले सचेत रहन आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्ला र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरू बढी प्रभावित हुन सक्ने देखिएको छ। त्यसैले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। निरन्तर परेको वर्षाका कारण विभिन्न राजमार्गहरूमा पहिरो जाँदा सडक अवरूद्ध भएको छ।

प्राधिकरणले दैनिक विपद् बुलेटिन सार्वजनिक गर्दै यो क्रम असोज १३ गते आइतबारसम्म नै रहने संभावना रहेकाले अत्यावश्यकबाहेक घरदेखि टाढाको यात्रा नगर्नु आग्रह गरेको छ।

महानगरपालिकाले सूचना नै जारी गरेर भनेको छ,‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ, पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ, सवारी प्रवेश नगराऔँ,कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ,आवश्यक सतर्कता अपनाऔँ,विपद सामना गर्न पूर्व तयारी गरौं।’ काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.