भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नक्कली सवारी लाइसेन्स प्रकरण

नक्कली सवारी लाइसेन्स प्रकरण

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र बुटवलका सहायक कम्प्युटर अप्रेटर ज्ञानराज पाण्डेको ‘आइडी’ दुरुपयोग गरी १२२ नक्कली सवारी लाइसेन्स जारी भएको तथ्य फेला परेको छ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नयाँ–नयाँ तथ्य फेला पारेको छ । जिम्मेवारीबाट हटिसकेका कर्मचारीको ‘युजर’ दुरुपयोग गरी कार्यालयबाहिरबाट समेत फर्जी विवरण भरेको भेटिएको हो ।

हालसम्म १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बिहीबार विभागकी दीपा न्यौपाने तथा बुधबार इलाका प्रशासन कार्यालय, थारमारे सल्यानमा कार्यरत कम्प्युटर अप्रेटर गणेश भण्डारीलाई पक्राउ गरेको हो ।

न्यौपाने तीन वर्षदेखि विभागमै कार्यरत रहेको र भण्डारी विगतमा यातायातमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.