भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

कर्णाली, गण्डकी र कोशी प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

कर्णाली, गण्डकी र कोशी प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाण्डौ । हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँको मौसम आंशिक बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँमा आंशिक बदली भएको हो । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा विहीबार बादल लागेको छ ।

मधेश प्रदेश र अरु प्रदशेका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि देशका धेरै ठाउँमा बढीरहेको अधिकतम तापक्रम मौसम बदलीका कारण तुलनात्मक रुपमा घटेको छ ।

बुधबार ३४ डिग्रीसम्म पुगेको भैरहवाको तापक्रम विहीबार अधिकतम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको छ । जनकपुर, धरान, धनगढी, नेपालगञ्जलगायतका क्षेत्रमा पनि तापक्रम घटेको छ ।

बुधबार २६ डिग्रीसम्म पुगेको काठमाण्डौ उपत्यकाको तापक्रम पनि विहीबार घटेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार विहीबार राति कर्णाली, गण्डकी र कोशी प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.