भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

ट्रम्प प्रशासनको आपत्कालीन आवेदन सर्वोच्चद्वारा अस्वीकार

ट्रम्प प्रशासनको आपत्कालीन आवेदन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । ट्रम्प प्रशासनको अनुरोध अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । युएसएआईडी लगायतको कैयन बिलियन डलरको फन्ड फ्रिज गर्ने ट्रम्प प्रशासनको बुधबार सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।

सर्वोच्चका ४ न्यायाधीश ट्रम्प प्रशासनको अनुरोधको पक्षमा देखिए पछि ५ जना न्यायाधीशले उक्त अनुरोध अस्वीकार गरेका हुन् । ६ जना रुढिवादी र ३ जना लिबरल न्यायाधीशहरु रहेको सर्वोच्चको यो निर्णयले ट्रम्प प्रशासनलाई धक्का पुगेको छ । ह्वाइट हाउसलाई तल्लो अदालतमा मुद्दा जारी राख्न अनुमति दिँदै अदालतले रकम कहिले जारी गर्नुपर्छ भन्नेबारे भने केही बताएको छैन ।

अदालतले मुद्दाको सुनुवाइ एक साता ढिलो गरेको हो । यसबिचमा ठेकेदारले भुक्तानी भने पाएका छैनन् । हस्ताक्षर नगरी जारी गरिएको आदेशमा अदालतले न्यायाधीश अलीले तत्काल भुक्तानीको लागि दिएको म्याद सकिएको र मुद्दा जिल्ला अदालतमा चलिरहेकाले थप निर्णय आउन बाँकी रहेको बताएको छ। मुद्दाबारे बिहीबार सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको अमेरिकी एजेन्सी युएसएआईडीलाई तिर्ने २ बिलियन डलरबारे सङ्घीय न्यायाधीशको शक्तिलाई समर्थन गरेको छ । अमेरिकी डिस्ट्रिक्ट कोर्टका न्यायाधीश अमिर अलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट रोकिएको रकम प्रदान गर्न आदेशहरूको शृङ्खला जारी गरेपछि ट्रम्प प्रशासनले दायर गरेको आपत्कालीन आवेदन सर्वोच्चले अस्वीकार गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.