भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सैन्य सहायता रोके संगै युक्रेनलाई खुफिया जानकारी दिन समेत अमेरिकाले रोक लगायो

सैन्य सहायता रोके संगै युक्रेनलाई खुफिया जानकारी दिन समेत अमेरिकाले रोक लगायो

एजेन्सी । युक्रेनलाई अपराध र युद्धबारे आएका गुप्त जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नदिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अपराध र युद्धबारे खुफिया जानकारी दिन रोक लगाएका हुन ।

खुफिया जानकारी रोक्ने निर्णयले रुससँगको युद्धमा युक्रेनलाई गम्भीर असर पर्ने सम्भावना रहेको भन्दै सुरक्षा मामिलाका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।
गएको शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीबीच भएको चर्काचर्कीपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सहायता धमाधम कटौती गर्न थालेको छ ।

अमेरिकाले सैन्य सहायतामा रोक पछि युक्रेनलाई खुफिया जानकारी दिनसमेत रोक लगाएको ट्रम्प प्रशासनका अधिकारीहरुले पुष्टि गरेका हुन् । माइक वाल्ट्जका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पछिल्लो समय देखाएको नरम व्यवहार कायम रहने हो र शान्ति वार्ताका लागि अघि बढ्ने हो भने ट्रम्पले लगायका सबै रोक हटाउनका लागि तयार हुने खबरमा उल्लेख छ ।

सहायताहरु कटौती गर्दै युक्रेन सम्बन्धबारे समीक्षा गरिरहेको राष्ट्रिय सल्लाहकार माइक वाल्ट्जलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.