भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान गरेका छन् । विभिन्न सहरहरूमा हुने कार्यक्रमहरूमा सहभागी हुन गएराति अष्ट्रेलियाको मेलवर्न प्रस्थान गरेका हुन् । अध्यक्ष लिङ्देनले अष्ट्रेलियाको मेलवर्नमा पार्टी सम्बद्ध प्रवासी नेपाली संगठन पानस अष्ट्रेलियाको भेलालाई सम्बोधन र नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

भ्रमणका क्रममा उनले एडिलेडमा नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया तथा सिड्नीमा एनआरएनए, झापाली समाज अष्ट्रेलिया लगायत विभिन्न संघसंस्था र नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने बताइएको छ ।

भ्रमण टोलीमा पार्टी प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की पनि सहभागी छन् । अष्ट्रेलिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् । भदौ १० गते स्वदेश फर्किने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.