भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतबाट पाइपलाइनमार्फत् ग्यास आयात के सम्भव होला र ?

भारतबाट पाइपलाइनमार्फत् ग्यास आयात के सम्भव होला र ?

काठमाडौं । नेपाल र भारतले ग्यास ढुवानीका निम्ति अर्को पाइपलाइन बनाउने छलफल अघि बढाएको स्रोतले बताएको छ । पाँच वर्ष पहिले डिजल र पेट्रोल अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याए जस्तै अब ग्यास पनि भारतबाट आयात गर्ने विषयमा छलफल भएको हो । त्यसका लागि बनाइने भनिएको उक्त पाइपलाइनबारे एउटा प्रारम्भिक इन्जिनियरिङ अध्ययनसमेत भइसकेको जनाएको छ ।

दिल्लीमा भएको नेपालका उद्योग, वाणिज्य आपूर्तिमन्त्री र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीबीचको भेटवार्तामा त्यसबारे कुराकानी भएको अधिकारीको भनाइ छ । दुवै नेताहरू उक्त योजनाबारे दुई देशबीच आगामी दिनमा हुने संयुक्त समितिहरूका बैठकहरूमा छलफल गर्ने विषयमा एकमत भएको बताइएको छ । नेपाल आयल निगमका अधिकारीले उक्त योजना चाँडै अघि बढ्ने अपेक्षा राखेको बताए ।

यद्यपि कतिपयले नेपालले स्वदेशमै प्रचुर सम्भावना भएको जलविद्युत् विकासमा बढी ध्यान दिनुपर्नेमा जोड दिएका छन् । पेट्रोलियम तथा ग्यास ल्याउने कुरामा भन्दा आफ्नै देशमा भएको स्रोत र पूर्वाधारमा जोड दिन सरकारलाई सुझाएका छन् । उद्योग, वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारी गत साता बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को व्यापार सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए ।

 


Thali Mobile Pvt.Ltd.