भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भारतबाट पाइपलाइनमार्फत् ग्यास आयात के सम्भव होला र ?

भारतबाट पाइपलाइनमार्फत् ग्यास आयात के सम्भव होला र ?

काठमाडौं । नेपाल र भारतले ग्यास ढुवानीका निम्ति अर्को पाइपलाइन बनाउने छलफल अघि बढाएको स्रोतले बताएको छ । पाँच वर्ष पहिले डिजल र पेट्रोल अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याए जस्तै अब ग्यास पनि भारतबाट आयात गर्ने विषयमा छलफल भएको हो । त्यसका लागि बनाइने भनिएको उक्त पाइपलाइनबारे एउटा प्रारम्भिक इन्जिनियरिङ अध्ययनसमेत भइसकेको जनाएको छ ।

दिल्लीमा भएको नेपालका उद्योग, वाणिज्य आपूर्तिमन्त्री र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्रीबीचको भेटवार्तामा त्यसबारे कुराकानी भएको अधिकारीको भनाइ छ । दुवै नेताहरू उक्त योजनाबारे दुई देशबीच आगामी दिनमा हुने संयुक्त समितिहरूका बैठकहरूमा छलफल गर्ने विषयमा एकमत भएको बताइएको छ । नेपाल आयल निगमका अधिकारीले उक्त योजना चाँडै अघि बढ्ने अपेक्षा राखेको बताए ।

यद्यपि कतिपयले नेपालले स्वदेशमै प्रचुर सम्भावना भएको जलविद्युत् विकासमा बढी ध्यान दिनुपर्नेमा जोड दिएका छन् । पेट्रोलियम तथा ग्यास ल्याउने कुरामा भन्दा आफ्नै देशमा भएको स्रोत र पूर्वाधारमा जोड दिन सरकारलाई सुझाएका छन् । उद्योग, वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारी गत साता बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को व्यापार सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए ।

 


Thali Mobile Pvt.Ltd.