भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

हरेक नेपालीको भागमा ८२ हजार ऋण

हरेक नेपालीको भागमा ८२ हजार ऋण

काठमाडौं । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ ले भाग गर्दा हरेक नेपालीको भागमा ८२ हजार एक सय ८८ रुपैयाँभन्दा धेरै ऋण पर्न आउँछ ।

चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामै ९८ अर्ब आठ करोड रुपैयाँ ऋण थपिएको छ । २३ खर्ब ९७ अर्ब रुपैयाँमध्ये आन्तरिकतर्फ ११ खर्ब ८४ अर्ब र वैदेशिक ऋणको हिस्सा १२ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.