भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दुई पासपोर्ट भएका गृहमन्त्रीले कानुनी उन्मुक्ति पाउन हुदैन: शेखर कोइराला

दुई पासपोर्ट भएका गृहमन्त्रीले कानुनी उन्मुक्ति पाउन हुदैन: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई पासपोर्ट भएका गृहमन्त्री रवि लामिछानेले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् ।
विराटनगरमा आज प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले यस्तो बताएका हुन् ।

गृहमन्त्री भएको आधारमा लामिछानेलाई कानुनी छुट नहुने उनले बताए । गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको उनको तर्क छ ।

सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्विकारेको कोइरालाले बताए । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न रहेको उनले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.