भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

दुई पासपोर्ट भएका गृहमन्त्रीले कानुनी उन्मुक्ति पाउन हुदैन: शेखर कोइराला

दुई पासपोर्ट भएका गृहमन्त्रीले कानुनी उन्मुक्ति पाउन हुदैन: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई पासपोर्ट भएका गृहमन्त्री रवि लामिछानेले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् ।
विराटनगरमा आज प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले यस्तो बताएका हुन् ।

गृहमन्त्री भएको आधारमा लामिछानेलाई कानुनी छुट नहुने उनले बताए । गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको उनको तर्क छ ।

सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्विकारेको कोइरालाले बताए । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न रहेको उनले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.