भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

स्थनीय कृषि उत्पादनलाई बजारीकरण गर्न लिम्चुङबुङ गाउँपालिकाद्वारा कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता

स्थनीय कृषि उत्पादनलाई बजारीकरण गर्न लिम्चुङबुङ गाउँपालिकाद्वारा कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता

काठमाडौँ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता गरेको छ । गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादनको बजारीकरण गर्न कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यक्ष मेजर राई र कागवेनी ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक लोक जंग लामाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

गाउँपालिकाका पर्यटन सल्लाहकार रामसुन्दर बकेको समन्वयमा गाउँपालिका र प्रालिबीच सम्झौता भएको उदयपुरको लिम्चुङबुङ गाउँपालिका पर्यटन सल्लाहकार रामसुन्दर बकेले जानकारी दिनुभयो । उहाँले स्थानीय कृषकले उत्पादन गरेको अकबरे खोर्सानी, तरकारी र फलफूल बेच्नका लागि सहजिकरण भएको बताउनुभयो ।

प्रालिले तरकारी र फलफूल बजारीकरणको जिम्मा प्रालिएकोमा धन्यवाद दिदै प्रालिले प्रचलित बजार मूल्यका आधारमा किसानले उत्पादन गरेका कृषि उपज खरिद गर्ने गाउँपालिका अध्यक्ष मेजर राईले बताउनुभयो ।

स्थानीय कृषकको उत्पादनलाई प्राथमिकता दिएर विक्रिवितरण गर्न उदयपुरको लिम्चुङबुङ गाउँपालिका मात्रै होइन देशका अन्य पालिकाहरुले पनि थालनि गर्नुपर्ने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.