भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी

एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी

काठमाडौं, २७  साउन । काठमाडौँ उपत्यकासहित देशभर तीन साताअघिदेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै हट्न सकेको छैन। आपूर्ति केही सहज हुन थाले पनि उपभोक्ताले डिपोबाट सहज रूपमा ग्यास पाउन सकेका छैनन्।

डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै ३ देखि ७ दिनसम्म कुर्नुपर्ने अवस्था रहेको छ। ग्यास लिनका लागि लामो समय लाइन बस्नुपर्ने र कतिपय स्थानमा नाम टिपाएर पालो पर्खनुपर्ने बाध्यता कायमै छ। अभावबीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफैँ दैनिक एक हजारभन्दा बढी सिलिन्डर बिक्री गरिरहेको जनाएको छ। तर एउटै व्यक्ति पटक–पटक लाइनमा बस्ने गरेका कारण वास्तविक उपभोक्ता मर्कामा परेको निगमको भनाइ छ।

यस्तै, दिउँसो डिपो तथा पसलको शटर बन्द गरेर राति महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएर कारबाही प्रक्रिया अघि बढाएको निगमले जनाएको छ। हाल भारतबाट दैनिक एक सयभन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेको बताइएको छ। आयात बढे पनि विगतको अभावका कारण खाली भएका सिलिन्डर भर्न र बजारलाई पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन अझै समय लाग्ने नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले बताएका छन्। उनका अनुसार बजार पूर्णरूपमा सामान्य हुन झन्डै एक महिना लाग्न सक्ने अवस्था छ।

तर नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले भने ग्यासको आपूर्ति एक साताभित्रै सहज हुने दाबी गरेका छन्। आयात तथा वितरण व्यवस्थापनमा सुधार भइरहेकाले केही दिनमै उपभोक्ताले सहज रूपमा ग्यास पाउने उनको भनाइ छ।

यसैबीच, बागलुङमा गृहलक्ष्मी तथा शक्ति कम्पनीले दुई हजार सिलिन्डर एलपी ग्यास आयात गरेपछि उपभोक्ताले लाइन बसेर ग्यास लिएका छन्। देशका विभिन्न क्षेत्रमा ग्यासको माग र आपूर्तिबीचको असन्तुलनका कारण अभावको अवस्था देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.