भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी

एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी

काठमाडौं, २७  साउन । काठमाडौँ उपत्यकासहित देशभर तीन साताअघिदेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै हट्न सकेको छैन। आपूर्ति केही सहज हुन थाले पनि उपभोक्ताले डिपोबाट सहज रूपमा ग्यास पाउन सकेका छैनन्।

डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै ३ देखि ७ दिनसम्म कुर्नुपर्ने अवस्था रहेको छ। ग्यास लिनका लागि लामो समय लाइन बस्नुपर्ने र कतिपय स्थानमा नाम टिपाएर पालो पर्खनुपर्ने बाध्यता कायमै छ। अभावबीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफैँ दैनिक एक हजारभन्दा बढी सिलिन्डर बिक्री गरिरहेको जनाएको छ। तर एउटै व्यक्ति पटक–पटक लाइनमा बस्ने गरेका कारण वास्तविक उपभोक्ता मर्कामा परेको निगमको भनाइ छ।

यस्तै, दिउँसो डिपो तथा पसलको शटर बन्द गरेर राति महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएर कारबाही प्रक्रिया अघि बढाएको निगमले जनाएको छ। हाल भारतबाट दैनिक एक सयभन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेको बताइएको छ। आयात बढे पनि विगतको अभावका कारण खाली भएका सिलिन्डर भर्न र बजारलाई पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन अझै समय लाग्ने नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले बताएका छन्। उनका अनुसार बजार पूर्णरूपमा सामान्य हुन झन्डै एक महिना लाग्न सक्ने अवस्था छ।

तर नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले भने ग्यासको आपूर्ति एक साताभित्रै सहज हुने दाबी गरेका छन्। आयात तथा वितरण व्यवस्थापनमा सुधार भइरहेकाले केही दिनमै उपभोक्ताले सहज रूपमा ग्यास पाउने उनको भनाइ छ।

यसैबीच, बागलुङमा गृहलक्ष्मी तथा शक्ति कम्पनीले दुई हजार सिलिन्डर एलपी ग्यास आयात गरेपछि उपभोक्ताले लाइन बसेर ग्यास लिएका छन्। देशका विभिन्न क्षेत्रमा ग्यासको माग र आपूर्तिबीचको असन्तुलनका कारण अभावको अवस्था देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.