कर्मचारीलाई १४ बुँदे निर्देशन

कर्मचारीलाई १४ बुँदे निर्देशन image

बुटवल । आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १४ बुँदे निर्देशन जारी गरेका छन् । प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिका लागि निर्देशन जारी गरिएको हो ।

बजेट खर्च सन्तोषजनक नभएको, अनुदान वितरण र सरकारी खर्चमा मनपरी भएको, बेरुजू हरेक वर्ष बढेको भन्दै सरकारको चर्को आलोचना हुदै आएको थियो । यसअघि मन्त्रिहरूका लागि आचारसंहिता जारी गरेका मुख्यमन्त्री आचार्यले मन्त्रालय र मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन जारी गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त बनाउन यस्तो दिर्नेशन दिएका हुन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.